
काठमाडौं । वाणिज्य बैंकहरुले ४२ खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेका छन । गत वर्षको भन्दा ७ खर्ब ११ अर्बले वृद्धि भएर ४२ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । गत आर्थिक वर्ष २०७७÷७८ मा बाणिज्य बैंकहरुले ३४ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । बाणिज्य बैंकहरुमा २०.३८ प्रतिशतले निक्षेप वृद्धि भएको छ ।
२०७७ असार मसान्तसम्म बैंकहरुले २९ खर्ब ५ अर्ब रुपैयाँको कर्जा प्रवाह गरि करिब २८ प्रतिशत व्यापार विस्तार गरि ३७ खर्ब २० अर्ब रुपैयाँ पुर्याका छन् । एनआईसी एशिया बैंक ८९ अर्बबराबरको निक्षेप संकलन गरी ९१ अर्बको कर्जा प्रवाह गरेको छ । धेरै निक्षेप बढाउने बैंक ग्लोबल आईएमई हो जसले निक्षेप संकलन ५६ अर्बले बढाएर २ खर्ब ८३ अर्ब पु¥याएको छ । यस्तै सिटिजन्स बैंकले निक्षेप ५० अर्बले बढाएको छ ।
सिटिजन बैंक रहेको बैंकले ५५.१० प्रतिशतले वृद्धि गरी १ खर्ब ४३ अर्ब २ करोड रुपैयाँ लगानी गरेको छ । कर्जातर्फ भने अघिल्लो आवमा प्रवाहित कर्जामा ५२.१७ प्रतिशतले थप गरी १ खर्ब २३ अर्ब ६४ करोड रुपैयाँ पुर्याएको छ ।
नेपाल बैंकर्स संघको सोमबार सार्वजनिक गरेको तथ्यांमा सिभिल बैंकको निक्षेप ५०.२२ प्रतिशतले वृद्धि, एनआइसी एशिया बैंकको ५२.४३ प्रतिशतले वृद्धि, नेपाल एसबिआइ बैंकको २.९५ प्रतिशतले वृद्धि गर्न सफल भएका छन् ।
त्यस्तै, एनसीसी बैंक बैंकको ३९.१४ प्रतिशतले वृद्धि, सेन्चुरी बैंकको ३७.८६ प्रतिशतले वृद्धि, सद्धार्थ बैंकको २६.९० प्रतिशतले वृद्धि, कुमारी बैंककोे २६.५३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तैगरि, माछापुच्छ्रे बैंकको २५.६९ प्रतिशतले वृद्धि, प्रभु बैंकको २४.३३ प्रतिशतले वृद्धि, एनएमबि बैंकको २३.४७ प्रतिशतले वृद्धि, प्राइम बैंकको २३.०७ प्रतिशतले वृद्धि, नेपाल बंगलादेश बैंकको २२.१२ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, सानिमा बैंकको १८.८८ प्रतिशतले वृद्धि, नबिल बैंकका १८.१२ प्रतिशतले वृद्धि, लक्ष्मी बैंकको ११.८१ प्रतिशतले वृद्धि, सनराइज बैंकको ८.९७ प्रतिशतले वृद्धि, नेपाल बैंकको १४.३९ प्रतिशतले वृद्धि, राष्ट्रिय वाणिज्य बैंकको १३.३६ प्रतिशतले वृद्धि, हिमालयन बैंकको १३.२६ प्रतिशतले वृद्धि, कृषि विकास बैंकको मसान्तसम्म १३.२६ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, बैंक अफ काठमाण्डूको ११.८६ प्रतिशतले वृद्धि, एभरेष्ट बैंकका ११.१४ प्रतिशतले वृद्धि, मेगा बैंकको १०.१५ प्रतिशतले वृद्धि, नेपाल इन्भेष्टमेण्ट बैंकका ४.४२ प्रतिशतले वृद्धि भएको छ । बाणिज्य बैंकको निक्षेप वृद्धि हुँदा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३.७९ प्रतिशतले निक्षेप संकलन घटेको छ । भने नेपाल एसविआइ बैैक नेपालको ४ अर्ब १८ करोड रुपैयाँले निक्षेप घटेको छ ।
प्रतिक्रिया दिनुहोस