aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माछापुच्छ्रे बैंक ऋणपत्रले पायो 'A-'रेटिङ्ग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ असार २०७६
माछापुच्छ्रे बैंक ऋणपत्रले पायो 'A-'रेटिङ्ग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आइसिआरएएन–आइआर–ए–माइनस(ICRANP-IR 'A-') रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ । 

आइसिआर नेपालले नेपालका वित्तिय संघसंसथाहरुमा क्रेडिट रेटिङ्ग सम्बन्धमा समयसमयमा विभिन्न अध्ययन अनुसन्धानहरु गर्दै आएको छ । माछापुच्छ्रे बैंक लिमिटेडले (ICRANP-IR 'A-') रेटिङ्ग प्राप्त गरेपछि ३ अर्व ऋणपत्र जारी गर्नका लागि बाटो खुलेको छ । बैंकले श्रावणको पहिलो साताबाट रु. ३ अर्व बराबरको ऋणपत्र बजारमा ल्याउदै छ । 

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११९ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २३१ स्थानवाट करिब ७ लाख ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै,बैंकको देशभर १४१ वटा एटीएमहरु संचालनमा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस