
काठमाडौं । बिहीवार प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक ५ दशमलव ३३ अंकले बढेको छ । यस अवधिको कारोबार अवधिमा नेप्से परिसूचक शून्य दशमलव १८ प्रतिशत बढेर २ हजार ९९० दशमलव ९० विन्दुमा पुगेको हो । उता, सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ३० अंक बढेर ५५८ दशमलव ४९ विन्दुमा पुगेको छ ।
प्रि ओपनमा ४२ कम्पनीको रू. ७१ लाख ८७ हजार बराबरको ८५ हजार ५७७ कित्ता शेयर कारोबार भएको छ । यस अवधिमा कृषि विकास बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । बैंकको रू. २९ लाख ४४ हजार बराबरको शेयर कारोबार भएको हो ।
प्रि ओपनिङ सेसनमा कारोबारमा आएका अन्य समूहको परिसूचक स्थिर रहेको छ भने बाँकी समूहको बढेको छ । यस अवधिको कारोबारमा पाँच कम्पनीको धितोपत्र मूल्य १० प्रतिशतले बढेको छ । नेशनल लाईफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, ङादी ग्रुप पावर, नबिल इक्वीटी फण्ड र एनआईबिएल समृद्ध फण्ड-२ को धितोपत्र मूल्य २ प्रतिशतले बढेको हो । प्रि ओपनिङ सेसनमा २ प्रतिशतसम्म मात्र मूल्य बढेर वा घटेर कारोबार गर्न सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस