aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राष्ट्र बैंकमा ६३ जनालाई रोजगारीको अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० साउन २०७८
राष्ट्र बैंकमा ६३ जनालाई रोजगारीको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ६३ जनाको आवेदन माग गरेको छ । बैंकले सुरक्षा सहायक एक जना, रक्षक ५, सिपाही २२, सिपाही महिला ५ र कार्यालय सहयोगी ३० जना गरि जम्मा ६३ जनालाई रोजगारीको लागि दरखास्त आह्वान गरेको हो ।  

रोजगारीक लागि आठ कक्षा पास भएकाले पनि आवेदन दिन सक्नेछन् । साथै ४५ वर्ष उमेर भनदा कम उमेरका नेपाली नागरिकले साउन २४ गतेभित्र आवेदन दिनसक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुहोस् सूचना  

प्रतिक्रिया दिनुहोस