aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी  निता भण्डारी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० साउन २०७८
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी  निता भण्डारी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका(४ हात्तिगौडा बस्ने ४५ वर्षीया निता भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत वैशाख ६ गतेको फैसलाले ४ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो । 

निताले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई  झुक्यानमा पारी मुक्तिनाथ बिकास बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस