aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अब एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओ भर्न पाईने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० साउन २०७८
अब एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओ भर्न पाईने

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ एपबाट नै आईपीओ भर्न पाइने सविधा ल्याएको छ । आफ्ना ग्राहकहरूको लामो लाइन बसी आईपीओ फारम बुझाउने झन्झटलाई न्यूनिकरण गर्ने उद्देश्यले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ ।  

यस बैंकमार्फत डिम्याट खाता खोल्नुभएका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहकहरूले यस नवीन सेवा अनुसार आईपीओ खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।  

कोरोना महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी मेबाईल बैंकिङ एउपबाट आईपीओ आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस