aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ साउन २०७८
ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले साउन ८ गते शुक्रवार व्यक्तिगत तवरबाट र सार्वजनिक निष्कासन मार्फत विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको हो । 

बैंकले असार २० गतेदेखि ३० गतेसम्म वार्षिक ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको “ज्योति विकास बैंक बण्ड २०८७” नामको १५ लाख कित्ता ऋणपत्र विक्री गरेको हो । 

प्रतिऋणपत्र रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गरेको हो भने बाँकी ६ लाख कित्ता सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गरेको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस