काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ८ प्रतिशत ब्याजदर रहेको नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सूचीकरण खारेज भएको छ । नेप्सेले कम्पनीको उक्त ऋणपत्र साउन १० गतेपछि परिपक्क भएकाले सूचीकरण खारेज गरेको जानकारी दिएको छ ।
बैंकले रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र विक्री गरेको थियो । उक्त ऋणपत्र परिपक्क भएसँगै ऋणपत्र धनीहरुले अन्तिम सावा र ब्याज भुक्तानी पाउनेछन् । बैंकले यसका लागि छुट्टै सुचना जारी गर्नेछ ।
प्रतिक्रिया दिनुहोस