
काठमाडौं । एनएमबि बैंक लिमिटेडले अटो लोन ८.४९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाहगर्ने बताएको छ । निरन्तर ब्याज बढने चिन्ताबाट मुक्तहुने गरी ५ बर्ष सम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको हो ।
विद्युतीय गाडीको हकमाभने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदानगर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढने सपना पुरा गर्न समानब्याजदरले झन सघाउ पु¥याउने विश्वास लिईएको छ ।
बैंकले आफ्नो सेवाअभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुतगर्दै आइरहेको छ । थपजानकारीको लागी [email protected] माईमेल वा ०१–५९७१५० माफोनगर्न सकिनेछ । एनएमबिबैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवाप्रदानगर्दै आइरहेका छ ।
प्रतिक्रिया दिनुहोस