aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

बैंकिङ कसूर मुद्दाका फरार शोभा गुरुङ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ साउन २०७८
बैंकिङ कसूर मुद्दाका फरार शोभा गुरुङ पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तनहुँ व्याँस नगरपालिका-९ घर भएकी ४५ वर्षीया शोभा गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ चैत ३० गतेको फैसलाले १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर कुपण्डोलबाट पक्राउ गरेको हो । 

गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी सानिमा बिकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको उक्त व्यूरोले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस