aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

मुक्तिनाथ विकास बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ साउन २०७८
मुक्तिनाथ विकास बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । साउन ७ गतेदेखि विक्रीमा आएको मुक्तिनाथ विकास बैंकको ऋणपत्र खरिदका लागि आवेदन दिने साउन १२ गते (आज) अन्तिम दिन रहेको छ । बैंकले रू. १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र विक्री खुला गरेको हो । 

प्रतिकित्ता रू. १ हजार अंकित दरको कुल कित्ताऋणपत्रमध्य रू. ५० करोड बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो भने बाँकी रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ । सर्वसाधारणमा विक्री गरिने कुल कित्ता ऋणपत्रमध्य ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएकोमा १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकको भनाई छ । 

७ वर्षे अवधिको ‘८.७५ % मुक्तिनाथ डिबेञ्चर २०८४÷८५’ नामको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले मध्यम कर्जा जोखिमको संकेत गर्ने ‘केयर एनपी त्रिपल बी आईएस’ रेटिङ्ग प्रदान गरेको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि ऋणपत्र खरिदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस