
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाबजारबाट निक्षेप उठाउने भएको छ । बजारमा अधिक तरलता भएकोको निक्षेप संकलन उपकरणको गतेबोलकबोलको माध्यमबाट २० अर्ब रुपैयाँ उठाउन लागेको हो ।
बोलकबोल साउन १३ गतेअपरान्ह ३ः०० बजेसम्म अनलाइन प्रणाली मार्फत गरिने राष्ट्र बैंकले जनाएको छ । बोलकबोल मार्फत उठाउने निक्षेपको ब्याजदर समेत बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । साँवा तथा ब्याज भुक्तानी २०७८ साउन २७ गते दिने छ । बोलकबोलमा भाग लिने वित्तीय संस्थाले घटीमा रु. ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकम उल्लेख गर्न पर्ने छ ।
बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा उक्त रकमलाई प्रयोग गर्न सक्नेछन् । योनिक्षेप संकलन उपकरण कोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिने राष्ट्र बैंकले जनाएको छ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा एचयमा बाँडफाँड गरिनेछ ।
सफल बोलवालाहरुको स्वीकृत रकम निष्काशन मितिका दिन यस बैंकमा रहेकोखाता खर्च गरी निक्षेप संकलनको लागि खोलिएको अलग्गै खातामा जम्मा गरिनेछ । बोलवाला बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा पर्याप्त मौज्दात कायम गर्नु पर्नेछ ।
बोल स्वीकृत भएका बोलवालाको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात रकम पर्याप्त नभएमा त्यस्ता बोलवालाको अर्नेष्ट मनि बापतको रकम जफत गरी निजलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइने समेत राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ । निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न भने पाइने छैन ।
तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ । संकलित निक्षेप रकम भुक्तानी मिति अगावै सम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा Pre-mature भुक्तानी भने नगर्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस