aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सिटिजन्स बैंकको नाफा १ अर्ब ५९ करोडभन्दा बढी, जगेडा कोष रकम ४१ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ साउन २०७८
सिटिजन्स बैंकको नाफा १ अर्ब ५९ करोडभन्दा बढी, जगेडा कोष रकम ४१ प्रतिशत बढ्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले रू. १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब १९ करोड ८५ लाख ४ हजार थियो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ३३ दशमलव ४० प्रतिशत बढेको छ ।

सञ्चालन नाफा ४३ दशमलव ६६ प्रतिशत बृद्धि भएकाले बैंकको खुद नाफा बृद्धि भएको हो । अघिल्लो वर्ष रू. १ अर्ब ४९ करोड ९० लाख २३ हजार सञ्चालन नाफा गरेको बैंकले गत वर्ष रू. २ अर्ब १५ करोड ३५ लाख २३ हजार यो नाफा गरेको हो ।

गत वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ५७ करोड ८५ लाख ५० हजार छ । अघिल्लो वर्ष सोही अवधिसम्म यो रकम रू. ८२ करोड ३९ लाख ९९ हजार थियो । वितरणयोग्य नाफा अघिल्लो वर्षभन्दा यो वर्ष ९१ दशमलव ५७ प्रतिशत बढी भएको हो ।

हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ भने शेयर प्रिमियम रिटर्न अनिङ्ग सहित जगेडा कोष रकम रू. ६ अर्ब ९ करोड ८९ लाख ९६ हजार रहेको छ । यो रकम अघिल्लो वर्ष सोही अवधिसम्म रू. ४ अर्ब ३२ करोड ७९ लाख १ हजार थियो । जगेडा कोष रकम ४१ प्रतिशतले बृद्धि भएको हो ।

अघिल्लो वर्षभन्दा २५ प्रतिशत बढी रू. ३ अर्ब ६० करोड ८१ लाख ४९ हजार खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष ५८ दशमलव ९२ प्रतिशत बढी रू. १ खर्ब ४० अर्ब ६३ करोड ८४ लाख ११ हजार निक्षेप संकलन गरेको छ भने ५० दशमलव १३ प्रतिशत बढी रू. १ खर्ब १८ अर्ब ५७ करोड ८ लाख ७७ हजार कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव ५५ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ७७ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ४९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस