aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सर्वाधिक पूँजीकरणमा यो साता पनि नबिल बैंककै बर्चश्व

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ साउन २०७८
सर्वाधिक पूँजीकरणमा यो साता पनि नबिल बैंककै बर्चश्व

काठमाडौं । नेपालको शेयर बजारको कुल बजार पूँजीकरण रू. ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख पुगेको छ । यो साता कारोबारको चौथो दिन कुल बजार पूँजीकरणले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । यस अघि जेठ ३१ गते कायम भएको सर्वाधिक रू. ४२ खर्ब १६ अर्ब १० लाख बराबरको कुल बजार पूँजीकरणको ऐतिहासिक रेकर्डलाई ब्रेक गर्दै रू. ४३ खर्ब ५ अर्ब २२ करोड ५० हजार कुल बजार पूँजीकरण कायम भएको थियो । 

गत सातादेखि कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा ओगटेको नबिल बैंकले यो साता पनि सो स्थान सुरक्षित गरेको छ । यस अघि नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक पूँजीकरण रहेको थियो । धितोपत्र दोस्रो बजारमा १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत रहेको नबिल बैंकको शेयरमूल्य साउन १४ गते बिहीवार प्रतिकित्ता रू. १ हजार ४७७ कायम भएको हो । 

यस दिन बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ५ ले घटेर कुल बजार पूँजीकरण रू. १ खर्ब ९९ अर्ब १० करोड १९ लाख ३५ हजार पुगेको छ । त्यस्तै दोस्रो बजारमा १५ करोड शेयर सूचीकृत रहेको नेपाल दुरसञ्चार कम्पनीको शेयरमुल्य पछिल्लो अन्तिम कारोबार दिन बिहीवार प्रतिकित्ता रू. २ ले बढेर रू. १ हजार ३०३ कायम भएको छ । यस दिन नेपाल दुरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रू. १ खर्ब ९५ अर्ब ४५ करोड कायम भएको छ । 

कुल बजार पूँजीकरणमा नबिल बैंकले नेपाल दुरसञ्चार कम्पनीलाई रू. ३ अर्ब ६५ करोड १९ लाख ३५ हजारले पछि पारेको हो । गत साताको अन्तिम कारोबार दिन नबिल बैंकको कुल बजार पूँजीकरण रू. १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार र नेपाल दुरसञ्चार कम्पनीको रू. १ खर्ब ९४ अर्ब ४० करोड रहेको थियो । गत साताभन्दा दुबै कम्पनीको कुल बजार पूँजीकरण बढेको छ ।

पछिल्लो अन्तिम कारोबार दिन नेप्से परिसूचक ३ हजार ७९ दशमलव ८३ विन्दुमा पुगेको हो । गत साताभन्दा यो साता नेप्से परिसूचक पनि ७५ दशमलव ५२ अंक माथी पुगेको हो । गत साता नेप्से परिसूचक ३ हजार ४ दशमलव ३१ विन्दुमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस