aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सानिमा बैंकले गर्यो बाल अस्पताल निर्माण गर्न एक करोड सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ साउन २०७८
सानिमा बैंकले गर्यो बाल अस्पताल निर्माण गर्न एक करोड सहयोग

काठमाडौं । सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलार्ई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । 

बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले राजधानी काठमाडौं लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ ।

सो समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइराला र सानिमा बैंकको तर्पmबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् । 

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. भगवान कोइराला मुटुरोग विशेषज्ञ, प्राध्यापक तथा समाजसेवी हुन् । 

सानिमा बैंकको देशभर हाल सम्म ८६ वटा शाखा संजाल, १८ विस्तारित काउन्टर तथा ९६ वटा एटिएम रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस