
काठमाडौं । नबिल बैंकले देशभर विभिन्न २० ठाउँमा भवन आवश्यक रहेको जनाएको छ । बैंकले आफ्नो शाखा कार्यालयका लागि विभिन्न स्थानमा भवन आवश्यक रहेको जनाएको हो ।
बैंकले जारी गरेको सूचनामा भनिएको छ– नबिल बैंकलाई देशभरका विभिन्न २० स्थानहरुको प्रमुख व्यावारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय सञ्चालानार्थ भूई तल्ला वा पहिलो तल्लाको ८ सय देखि १२ सय वर्गा फुट क्षेत्रफल भएको भवनन भाडामा उपलब्ध गराउन इच्छुक घरधनिहरुबाट यो शिलबन्दी प्रस्ताव आह्वान गरिएको छ ।
यी हुन् कार्यालय स्थापनका लागि प्रस्ताविक स्थान
बैंकले काठमाडौंको धुम्बाराही, मुलपानी, ललितपुरको गुसिंगल, भक्तपुरको दुवाकोट, मोरङको पुष्पलाल चोक, बाराबो जितपुर, मकवानपुरको चिसापानी, कास्कीको मालेपटन र झापाको गौरिगंज, काकरभिट्टा, सुरुङ्गामा शाखा कार्यालय स्थापनाको लागि भवन आवश्यक रहेको बैंकले जनाएको छ ।
त्यस्तै, धनुषाको महेन्द्रनगर र ढल्केबर, चितवनको भण्डारा, रुपेन्देहीको खैरेनी र मुर्गिया, बाँकेको खजुरा, सल्यानको सितलपाटी र कञ्चनपुरको बेलौरी बजारमा शाखा कार्यालय स्थापनाको लागि भवन आवश्यक रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस