aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

एनएमबि बैंकको नयाँ बचत योजना सार्वजनिक, लगानीकर्ताहरुको लागी सुवर्ण अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ साउन २०७८
एनएमबि बैंकको नयाँ बचत योजना सार्वजनिक, लगानीकर्ताहरुको लागी सुवर्ण अवसर

काठमाडौं । एनएमबि बैंकले सबै उमेरको लगानीकर्ताहरुलाई लक्षित गरि शुन्य मौज्दातमै बिषेश सुविधायूक्त एनएमबि इन्भेष्टर सेभिङस् अघि सारेको छ । 

यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागी निः शुल्क डिम्याट तथा मेरो शेयर, निः शुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपिएस मार्फत निः शुल्क अन्तर बैंक रकम ट्रान्सफर, निः शुल्क मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा संगसंगै परामर्ष सेवा प्रदान गर्ने जानकारी गराइएको छ ।

हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिएता पनि एनएमबिले भने लगानीकर्ताहरुलार्ई बचत सँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस