aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

महालक्ष्मी बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटलमा विशेष छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ साउन २०७८
महालक्ष्मी बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटलमा विशेष छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी हस्पिटल प्रालिसँग सोमबार सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।  

सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ओपिडि टिकट, ल्याव सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र इसिजि तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल ज्यूले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा ज्यूले हस्ताक्षर गरेका हुन् ।  
 

प्रतिक्रिया दिनुहोस