aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा बर्दियाको जोगीगाउँमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ साउन २०७८
सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा बर्दियाको जोगीगाउँमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ्ग पहुँचनपुगेका देशका विभिन्न स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा शुक्रबार १११ औँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।   

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्र बहादुर थारुलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।    

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, ११७ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस