aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एन आई सी एशियाले एकैसाथ तीनवटा शाखा संचालनमा ल्यायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
एन आई सी एशियाले एकैसाथ तीनवटा शाखा संचालनमा ल्यायो

एन आई सी एशिया बैंकले एकैसाथ तीनवटा शाखा संचालनमा ल्याएकाे छ । झापा जिल्लाको अर्जुनधारा नगरपालिका, वडा नं. २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११, मोग्लाह र मोरङ्ग जिल्लाको सुनबर्षी नगरपालिका वडा नं. २, अमरदहमा आपm्नो क्रमशः ३८ औं, ३९ औंं र ४० औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । 

शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ ।

सोही क्रममा बैंकले संचालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन अर्जुनधारा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रघुनाथ खनालले गरेका थिए र उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा खड्ग माया पराजुलीलाई नियुक्त गरिएको छ । 

यसैगरीे मोग्लाह शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष खुर्सेद आलमले गरे र उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा जलालुद्दीन मुसलमानलाई नियुक्त गरिएको छ । 

त्यस्तै अमरदह शाखारहित बैंकिङ्गसेवाको समुद्घाटन सुनबर्षी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेक बहादुर विष्टले गरेका हुन् । अमरदह शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा योगेन्द्र संग्रौलालाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । 

यस्तो सेवाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने वा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नु हुनेछ ।

बैंकको मुलुकभर २८५ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस