aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

मंगलवारदेखि मुक्तिनाथ विकास बैंकको १ लाख ५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ साउन २०७८
मंगलवारदेखि मुक्तिनाथ विकास बैंकको १ लाख ५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । मंगलवारदेखि मुक्तिनाथ विकास बैंकको १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर लिलामीमा आउने भएको छ । प्रतिकित्ता रू. १०० अंकित मूल्यमा बैंकको उक्त शेयर भदौ २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो । 

यो शेयर खरिदका लागि मंगलवार कार्यालय समयपश्चात गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ २३ गते बिहान विक्री प्रबन्धकको कमलादी, काठमाडौंमा विहान ११ बजे खोलिने कार्यक्रम समेत तय भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस