
एभरेष्ट बैंक लिमिटड (Everest Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफामा २ अर्ब २१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १८ दशमलव ३७ प्रतिशतको वृद्धि गरेको हो । गत आवको सोहि अवधिमा नाफा १ अर्ब ८७ करोड २० लाख रुपैयाँ आर्जन गरेको थियो ।
८ अर्ब १० करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी भएको एभरेष्ट बैंकले जगेडामा ६ अर्ब १२ करोड २२ लाख रुपैयाँ छुटाएको छ ।
बैंकले निक्षेपमा १ खर्ब २४ अर्ब ५४ करोड २० लाख रुपैयाँ संकलन गरि कर्जामा १ खर्ब २ अर्ब ३२ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ । जसले कर्जामा २० प्रतिशतले वृद्धि गरेको हो ।
बैंकको खुद ब्याज आम्दानी १६ दशमलव ८८ प्रतिशतले बढेर ४ अर्ब १० करोड ६२ लाख रुपैयाँ पुगेको छ त्यस्तै संचालन मुनाफामा १८ दशमलव ३५ प्रतिशतले बढेर ३ अर्ब १६ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव १८ प्रतिशत, जोखिम युक्त सम्पत्ति १३ दशमलव ३८ प्रतिशत, प्रतिशेयर आम्दानी ३६ दशमलव ८१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६ दशमलव २९ गुणा र प्रतिशेयर नेटवर्थ २०५ दशमलव १६ रुपैयाँ रहेको छ ।
एभरेष्ट बैंकको आधार ब्याजदर ८ दशमलव ०१ प्रतिशत र कोषको लागत ६ दशमलव ०७ प्रतिशत, सिसिडी अनुपात ७६ दशमलव ६९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस