aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ साउन २०७८
कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई  तीन लाख रुपैयाँ सहयोग गरेको छ । एक औपचारिक कार्यक्रमका बिच, बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरिलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो । 

बिगत ३ बर्षदेखि सेवा सन्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको कुमारी बैंक बेलका शाखा प्रमुख अमित झाले जानकारी दिएका छन् ।

बेलका नगर प्रमुख दुर्गा कुमार थापाले कुमारी बैंक बेलका शाखालाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए । बैंकले देशभर रहेका १९४ शाखा सञ्जाल, १६५ एटिएम, १३ एक्टेनशन काउन्टर लगायत २८ वटा शाखारहित ईकाई मार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस