aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

राष्ट्र बैंक सञ्चालक मरासिनीको शपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० साउन २०७८
राष्ट्र बैंक सञ्चालक मरासिनीको शपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रूपमा आज पद तथा गोपनीयताको शपथ लिए ।

सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा न्यायाधीश केसीले सचिव मरासिनीलाई शपथ ग्रहण गराएका हुन । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ मा बैंकका गभर्नर र सञ्चालकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । 

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, गभर्नरको कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटालगायत उपस्थिति रहेको केन्द्रीय बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस