aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सप्तकोशी डेभलपमेण्ट बैंकको वितरणयोग्य नाफा ७ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ साउन २०७८
सप्तकोशी डेभलपमेण्ट बैंकको वितरणयोग्य नाफा ७ करोडभन्दा बढी

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सप्तकोशी डेभलपमेण्ट बैंकको वितरणयोग्य नाफा रू. ७ करोड ४४ लाख ९४ हजार रहेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड ३० लाख ४३ हजार थियो । 

अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको वितरणयोग्य नाफामा उल्लेख्य बृद्धि भएको छ । गत वर्ष चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा १०५ प्रतिशत बढी रू. ६ करोड १९ लाख ३८ हजार खुद नाफा गरेको कम्पनीले ११२ प्रतिशत बढी रू. ८ करोड ८५ लाख ६१ हजार सञ्चालन नाफा गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ४३ लाख ३८ हजार छ । रिटर्न अर्निङ्ग अघिल्लो वर्षभन्दा १४८ प्रतिशत बढी रू. ७ करोड ४४ लाख ९४ हजार र जगेडा कोष २३ प्रतिशत बढी रू. ९ करोड ८० लाख रहेको छ ।

अघिल्लो वर्षृ रू. २ अर्ब ८० करोड ३० लाख ७७ हजार कर्जा प्रवाह गरेको कम्पनीले गत वर्ष ४२ दशमलव ४६ प्रतिशत बढी रू. ३ अर्ब ९९ करोड ३३ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ । यस अवधिसम्म कम्पनीले ३२ दशमलव ६१ प्रतिशत बढी रू. ४ अर्ब ५१ करोड १७ लाख ३८ हजार निक्षेप संकलन गरेको छ । 

अघिल्लो वर्ष ३ दशमलव ९२ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ४४ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ४२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव ६७ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस