aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ साउन २०७८
मुक्तिनाथ विकास बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विक्री गरेको ऋणपत्र साउन २१ गते बाँडफाँट गरेको छ । बैंकले साउन ७ गतेदेखि १२ गतेसम्म  रू. १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र विक्री गरेको थियो । 

प्रतिकित्ता रू. १ हजार अंकित दरको कुल कित्ताऋणपत्रमध्य रू. ५० करोड बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो भने बाँकी रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको हो । तोकिएको अवधिमा रितपूर्वक आवेदन दिएका सर्वसाधारणलाई माग बमोजिम र व्यक्तिगत तवरबाट प्राप्त आवेदनको हकमा समानुपातिक रुपमा ऋणपत्र बाँडफाँट गरिएको बैंकले सुचना मार्फृत जानकारी दिएको छ ।  

सर्वसाधारणमा विक्री गरिएको कुल कित्ता ऋणपत्रमध्य ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएकोमा १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकको भनाई छ । ७ वर्षे अवधिको ‘८.७५ % मुक्तिनाथ डिबेञ्चर २०८४/८५’ नामको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था थियो । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस