aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

एनएमबि बैंकको घर कर्जामा ५ बर्ष सम्म फिक्स्ड ब्याजदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ साउन २०७८
एनएमबि बैंकको घर कर्जामा ५ बर्ष सम्म फिक्स्ड ब्याजदर

काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्रति वर्ष ८.५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने सुनिश्चितता गरेको छ । निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ बर्ष सम्म एउटै ब्याजदर रहने तथा २५ बर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारिएको हो ।  

फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रति वर्ष ७.९९ प्रतिशत मै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गहरुले डेरा भाडा तिर्नेे पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउ पुर्याउने विश्वास लिईएको छ ।  

साथै, एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । 
 

प्रतिक्रिया दिनुहोस