
काठमाडौं । बैंकर मनोज ज्ञवालीले सामाजिक सञ्जालमा बैंक तथा वित्तीय संस्था पारदर्शीता भएकोमा शुक्रबार अर्थसमितिमा चलेको छलफललाई ब्यांग्य गरेको प्रशंग पोष्ट गरेका छन् । उनले आफ्नो फेसबुक वालमा भनेको छन, सरकारी संस्थान सबैजसो घाटामा जाने, सरकारी कम्पनीहरू सबैजसो घाटामा जाने तर बैंकिङ सबै नाफामा जाने कसरी भयो ?
उनी अघि लेख्छन्,'हुदा हुंदा अब त डुब्छन भनेर आइएमएफको सहयोग समेत लिनुपरेका र नेटवर्थ नै नकारात्मक हुन लागेका सरकारी बैंक समेत अर्बौ नाफामा जान थाले बाबा। यो त झन हुदै भएन।'
रातदिन मेहनत गर्ने कर्मचारी, संस्थाको प्रगतिको लागी रणनीति लिने संचालक समिति, संस्थाको हित पहिले सोचको साथ काम गर्ने पद्दती, न दुई नम्बरी धन्दा न त दुई चार प्रकारका खाता बनाउने अनी पारदर्शी बित्तीय विबरण जारी गर्ने व्यबस्था, पुजीकोष नै अरबौ लगाउदा नाफा केहि अर्ब हुने भनेर आफ्नो फेसबुकमा पोष्ट गरेका छन् ।
उनी अझ लेख्छन्, 'नेपाल राष्ट्र बैंक जस्तो नियामकले गर्ने निरन्तर अनुगमनले गर्दा बैंकहरु घाटामा गएको देखिदैनन भन्ने लजीक मात्र लगाएर हुन्छ ? सर्टिफिकेटको आधारमा पैसा बाडौं, कार्यकर्ताहरूलाई बाड्न लगाऔ, कतबचत गउ मा लगानीको जोखिम पनि यसै बैंकिङलाई दिउं( सरकारी पहल किन गर्ने ?'
राजनीति लथालिङ्ग, देश लथालिङ्ग, सरकारी संस्थानहरु अपवाद बाहेक लथालिङ्ग हुदा अर्बौ नाफा देखाउने बैंकिङलाई तह लाउनै पर्छ। पहिला कुनै कुनै बैंक तथा बित्तीय संस्था समस्याग्रस्त हुन्थे या डुब्थे त कसैले १०० प्रतिशतसम्म लाभांश दिन्थे भन्दै उनले ब्यांग्य गरेका छन ।
अहिले त सबै एकनासले प्रगति गर्छन बा !सबलाई ठिक पारौं। मेहनत गर्ने घुस बेइमानी गर्न फिटिक्क छैन पारदर्शी बित्तीय बिबरण छाप्ने ? यो राष्ट्र बैंकको नियमन र अनुगमन नी कति प्रभावकारी बनाको भन्या ,दुईचार संस्था यसो बिग्रिन दिनु पर्देन ? सबै तिर लथालिङ्ग हुंदा नी एकनासले राम्रो गर्ने भनेर उनले आफ्नो फेसबुकमा लेखेका छन् ।
बकुल्लाहरूको बथानमा हांस झै नमिल्ने यीनलाई ठिक पार्नुपर्छ। खै के अध्ययन रै छ अनी कस्तो सोच रैछ, कुन शिर्षकको नाटक मञ्चन हुदै रैछ, नेपथ्यमा रिहर्सल चलिरहेको छ सायद, आवाज हल्का हल्का यस्तै सुनिन्छ भनेर बैंकर मनोज ज्ञावली आफ्नो फेसबुक वालमा लेख्छन् ।
प्रतिक्रिया दिनुहोस