
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विक्री गरेको १० वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले असार ३१ गतेदेखि साउन १४ गतेसम्म विक्री गरेको कुल ३० लाख कित्ता ऋणपत्र साउन २४ गते बाँडफाँट गरेको छ ।
कुल कित्तामध्य १२ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको ६० हजार कित्ता समेत गरी सर्वसाधारणका लागि र १८ लाख कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई बाँडफाँट गरिएको हो । बैंकले १२ लाख कित्ता ऋणपत्र मध्य ५ प्रतिशत दरको ६० लाख कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी बाँकी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत आम सर्वसाधारणमा विक्री खुला गरेको थियो भने १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई बैंक आफैले विक्री गरेको हो ।
बैंकले “८.५% माछापुच्छ्रे डिबेन्चर २०८७” नामको ऋणपत्र बाँडफाँट गरेको हो । प्रतिऋणपत्र रू. १ हजार मूल्यको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । यस ऋणपत्र बाँडफाँट पश्चात धितोपत्र दोस्रो बजारमा सूचीकृत भई कारोबार समेत गर्न सकिनेछ । यो ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस