
काठमाडौं । कृषि विकास बैंकले थप एक एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले किर्तिपुर नगरपालिकाका परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । एक्सटेन्सन काउन्टरको किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले औपचारिक उद्घाटन गरेका हुन् ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याले बैंकले उपलव्ध गराएका सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु संचालन गर्ने सेमत बताए ।
बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्टको बारेमा जानकारी गराउंदै नगरपालिकाको संगको सहकार्यलाई स्थानीय जनता र प्रतिष्ठानको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै लैजाने उपाध्यायले बताए ।
प्रतिक्रिया दिनुहोस