aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको भैसेँपाटीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ साउन २०७८
एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको भैसेँपाटीमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको भैसेँपाटीमा आफ्नो १०४ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल, ललितपुर महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले सोमबार उक्त शाखाको उद्धघाटन गरेका हुन् । 

उद्घाटन समारोहमा बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ । 

हालसम्म यस बैंकको ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०४ शाखा संजाल, प्रादेशिक कार्यालय, १३६ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक सेवा दिदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस