aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मानुषी लघुवित्त वित्तीयको आइपीओ आजदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ साउन २०७८
मानुषी लघुवित्त वित्तीयको आइपीओ आजदेखि

काठमाडौं । मानुषी लघुवित्त वित्तीयले आजबाट प्रारम्भीक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । 

लघुवित्तले निष्कासन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो। हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

सो आईपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस