aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

महालक्ष्मी बैंकका ग्राहकलाई होटल शम्बलामा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ साउन २०७८
महालक्ष्मी बैंकका ग्राहकलाई होटल शम्बलामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र होटल शम्बलाबिच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाको साथसाथै थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको महाराजगंज शाखाको अगुवाईमा होटल शम्बलासँग बुधबार सम्झौता गरेका हो । 

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले होटलका विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् । बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले Food & Beverage मा अधिकतम १५ प्रतिशत सम्मको छुट प्राप्त गर्नुका साथै Spa सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

सम्झौता पत्रमा होटलका तर्फबाट सञ्चालन प्रबन्धक रबिन मानन्धरले र बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस