aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

एटिएममा रकम नभएमा भारतीय बैंकहरुलाई भारी जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ साउन २०७८
एटिएममा रकम नभएमा भारतीय बैंकहरुलाई भारी जरिवाना

एजेन्सी । एटीएममा नगद नहुँदा धेरै पटक मानिसहरुलाई समस्याको सामना गर्नु परेको छ । यसैलाई ध्यानमा राखी भारतीय केन्द्रीय बैंक(आरबीआई)ले एटीएममा नगद सकिएमा बैंकहरुमा जरिवाना लगाउने निर्णय गरेको छ । यो नयाँ नियम अक्टोबर १ बाट लागू हुनेछ ।

आरबीआईको निर्देशन अनुसार अक्टोबर १, २०२१ देखि यदि कुनै बैंकको एटीएममा १० घण्टा वा सोभन्दा बढि नगद उपलब्ध नभएमा १० हजार रुपैयाँ भारु जरिवाना लगाउन सकिने बताएको छ । आरबीआईले एक परिपत्र जारी गर्दै एटीएमको माध्यमबाट मानिसहरुलाई पर्याप्त नगद निकाल्न पाउन भन्ने रहेको बताएको छ । 

केहि बैंकहरु एटीएममा नगद राख्नका लागि पनि अन्य कम्पनीहरुको सेवा लिन्छन् । अब यस्तो अवस्थामा बैंकले जरिवाना तिर्नुपर्ने हुन्छ । बदलामा, बैंक त्यो व्हाइट लेबल एटीएम कम्पनीबाट जरिवाना  र क्षतिपूर्ति गर्न सक्छ ।
 

प्रतिक्रिया दिनुहोस