aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

पैसा नभएको ग्लोबल आईएमई बैंकको चेक काट्ने भुसाल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ साउन २०७८
पैसा नभएको ग्लोबल आईएमई बैंकको चेक काट्ने भुसाल पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-६ बस्ने अर्घाखाँची शितगंगा नगरपालिका-५ घर भएका ३५ वर्षीय कासीराम भुसाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७७ माघ ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरीबाट पक्राउ गरेको हो । 

भुसालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेकोमा उच्च अदालत पाटनले उक्त फैसला ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस