
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म गरिमा विकास बैंकले रू. ८२ करोड ५२ लाखभन्दा बढी खुद नाफा गरेको छ । बिहीवार सार्वजनिक कम्पनीको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष खुद नाफा ४२ दशमलव ९६ प्रतिशत बृद्धि भएको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा पनि ४३ दशमलव ८४ प्रतिशत बढी रू. १ अर्ब १६ करोडभन्दा बढी भएको छ ।
गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ६० करोड ५७ लाखभन्दा बढी छ । १३ दशमलव ५० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि भई रू. ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको कम्पनीको जगेडा कोष रकम ४६ प्रतिशत बढी रू. १ अर्ब ६१ करोडभन्दा बढी कायम भएको छ ।
कम्पनीको निक्षेप संकलन अघिल्लो वर्षभन्दा ५० दशमलव ६० प्रतिशत बृद्धि भई रू. ६३ अर्ब ९० करोडभन्दा बढी भएको छ भने ४८ दशमलव ६० प्रतिशत बृद्धि भई रू. ५१ करोड ८० लाखभन्दा बढी कर्जा प्रवाह भएको छ ।
अघिल्लो वर्ष शून्य दशमलव ७९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ७२ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी रू. २२ दशमलव ४५ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव शुन्य १ छ । यो अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात २४ दशमलव २३ गुणा छ ।
प्रतिक्रिया दिनुहोस