aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

प्रभु बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ साउन २०७८
प्रभु बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रभु बैंकको संस्थापक तर्फको २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयरमा बोलपत्र पेश गर्ने शुक्रवार अन्तिम दिन रहेको छ । बैंकले साउन १५ गतेदेखि २९ गतेसम्मका लागि प्रतिकित्ता न्यूनतम मूल्य रू. २१० तोकेर उक्त शेयर लिलामीमा ल्याएको हो ।

बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । यो शेयर खरिदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० ले भाग जाने संख्या वा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र साउन ३१ गते आइतवार विहान १० बजे विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, नागपोखरी , काठमाडौंमा खोलिने जानकारी समेत बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस