aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कलकत्तामा पनि खुल्यो नेपाल बङ्गलादेश बैंकको शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ साउन २०७८
कलकत्तामा पनि खुल्यो नेपाल बङ्गलादेश बैंकको शाखा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ८ कलकत्तामा आफ्नो १०० औं शाखा  बिहिबारदेखि सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको उपस्थितिमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।    

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । 

यस कलकत्ता शाखासहित बैंकले १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ ।  

प्रतिक्रिया दिनुहोस