aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

महालक्ष्मी विकास बैंक र ई–सेवा मनी ट्रान्सफरबिच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ साउन २०७८
महालक्ष्मी विकास बैंक र ई–सेवा मनी ट्रान्सफरबिच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले शुक्रवार ई–सेवा मनी ट्रान्सफरसँंग सम्झौता गरेको छ । ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला ज्यूले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।  

१०३ वटा शाखाहरु मार्फत बैकिङ्ग कारोवार गर्दै आईरहेको बैंकले आगामी दिनमा बैकिङ्ग सेवालाई  अत्याधुनिक प्रविधि मैत्री बनाई ग्राहकहरुलाई थप गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्धता व्यक्त गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस