aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

'वेस रेट' गणना विधि परिमार्जन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ साउन २०७८
'वेस रेट' गणना विधि परिमार्जन गरिने

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाको आधार व्याजदर (वेस रेट) गणना गर्ने विधि परिमार्जन गर्ने बताएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र०७९ को मौद्रिक नीतिमा गभर्नर महाप्रसाद अधिकारीले आधार व्याजदर गणना विधिमा परिमार्जन गर्ने बताएका हुन् । 

यस्तै उद्योग व्यवसाय खोल्न १ करोडभन्दा कम ऋण लिने ऋणीलाई वेस रेटमा २ प्रतिशत प्रिमियम तोक्ने उनले बताए । अन्य कर्जामा भने प्रिमियम तोक्न बैंकहरुलाई नै छोडीदिने उनले बताए । 

बैक तथा वित्तीय संस्थाले कायम गर्नु पर्ने अनिवार्य नगद अनुपात ३ प्रतिशतको विद्यमान व्यवस्थालाई यथावत राखिएको छ ।  बैक तथा वित्तीय संस्थाले अन्तिम ऋणदाता सुविधाको रुपमा उपयोग गर्ने बैंकदरलाई ५ प्रतिशतमा यथावत राखिएको छ । ठढ। ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशतलाई यथावत् राखिएको छ ।

करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई १ प्रतिशतबाट वृद्धि गरी २ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपोदरलाई ३ प्रतिशतबाट वृद्धि गरी ३.५ प्रतिशत कायम गरिनेछ । खुला बजार कारोबारलाई थप सक्रिय बनाई ब्याजदर करिडोरको व्यवस्थालाई प्रभावकारी बनाइने छ ।

डण्। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कायम गर्नुपर्ने विद्यमान वैधानिक तरलता अनुपात क्रमशः १० प्रतिशत, ८ प्रतिशत र ७ प्रतिशतलाई यथावत कायम राखिएको छ ।  २०७८ असार मसान्तमा वाणिज्य बैंकहरूको पुँजी कोष पर्याप्तता अनुपात १४.१ प्रतिशत, विकास बैंकहरूको १३.२ प्रतिशत र वित्त कम्पनीहरूको २२.० प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यी अनुपातहरू क्रमशः १४.० प्रतिशत, १४.४ प्रतिशत र १९.६ प्रतिशत रहेका थिए । 

प्रतिक्रिया दिनुहोस