aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मौद्रिक नीति सार्वजनिक गर्ने मिति अझै तय भएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
मौद्रिक नीति सार्वजनिक गर्ने मिति अझै तय भएन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६र७७ को मौद्रिक नीति सार्वजनिक गर्ने मिति अझै तय भएको छैन । भगर्नर डा. चिरञ्जीवी नेपालले बैंकर्सहरुको भेलालाई सम्बोधन गर्ने क्रममा असार २७ गते मौद्रिक नीति सार्वजनिक गर्ने घोषणा गरेका थिए । तर, मंगलबारसम्म मौद्रिक नीतिका विषयमा राष्ट्र बैंक सञ्चालक समितिको बैंठक बस्न सकेको छैन । 

सरकारले वार्षिक बजेट जेठ १५ गते सार्वजनिक गर्न थालेपछि राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति असारको अन्तिम साता सार्वजनिक गर्दै आएको छ । तर,यस पटक विग मर्जरको  विषय ल्याएर बैंकहरुसँगको लभिङ अझै बाँकी रहेकाले पनि मौद्रिक नीतिको मिति अनिश्चित भइको राष्ट्र बैंक स्रोत बताउछ । 

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने मौद्रिक नीतिको मिति तय भइनसकेको जानकारी दिएका छन् । उनले भने, मौद्रिक नीति कहिले सार्वजनिक गर्ने भन्ने विषय भोलि बुधबारमात्र निश्चित हुने जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस