
महालक्ष्मी विकास बैंकले ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ ।
बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आर. एस. भण्डारीले हस्ताक्षर गरेको हो ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा १०% सम्मको छुट पाउनेछ । यसका साथै फार्मेसीमा औषधी खरिद गर्दा ५% सम्मको छुट पाउन सक्ने भएको छ ।
देशका ९६ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।
प्रतिक्रिया दिनुहोस