aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ साउन २०७८
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बस्ने ४८ वर्षीया प्रेम कुमारी खड्गीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७६ जेठ २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सोह्रखुटेबाट पक्राउ गरेको हो । 

खड्गीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी एनएमबि बैकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला ठहर गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको उक्त व्यूरोले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस