aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

माछापुच्छ्रे बैंकको नाफा २९.३६ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० साउन २०७८
माछापुच्छ्रे बैंकको नाफा २९.३६ प्रतिशतले बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले एक अर्ब  ६३ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।  बैंकको नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा २९.३६ प्रतिशत धेरै हो । 

गत आर्थिक वर्षमा बैंकको वितरण योग्य नाफा एक अर्ब १३ करोड रुपैयाँ छ । यस अवधिसम्म आउदा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि बृद्धि भएको छ । जसले गर्दा बैंकको नाफा बढ्न टेवा  पुगेको देखिन्छ । 

गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म आउदा बैंकको खुद ब्याज आम्दानी चार अर्ब ३२ करोड रुपैयाँ छ । बैंकको यस्तो आम्दानी गत आर्थिक वर्षको यसै त्रैमाससम्मको भन्दा ४६ करोड रुपैयाँ  धेरै हो । अघिल्लो आर्थिक वर्षको यसै त्रैमाससम्म बैंकले तीन अर्ब ८६ करोड रुपियाँ आम्दानी गरेको थियो । 

यस अवधिसम्म बैंकको सञ्चालन नाफा दुई अर्ब ४७ करोड रुपैयाँ छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिको भन्दा ५५ करोड रुपैयाँले धेरै हो । अघिल्लो आर्थिक वर्षमा यस बैंकको यस्तो नाफा एक अर्ब ९२ करोड रुपैयाँ  थियो । 

प्रतिक्रिया दिनुहोस