
काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब २७ करोड ६४ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष रू. १ अर्ब ७७ करोड ६२ लाखभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष २८ दशमलव १६ प्रतिशत बढी यो नाफा गरेको छ ।
७ दशमलव ९३ प्रतिशत बढी खुद ब्याज आम्दानी गरेको यस बैंकको २८ दशमलव ४२ प्रतिशत बढी सञ्चालन नाफा गरेको छ । यस अवधिसम्म बैंकको वितरण योग्य नाफा भने अघिल्लो वर्षभन्दा ५० दशमलव ९१ प्रतिशत बढी रू. १ अर्ब ६८ करोड ९८ लाखभन्दा बढी छ । १० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ९ अर्ब ६८ करोड १५ लाख १९ हजार पु¥याएको बैंकको जगेडा कोष रकम अघिल्लो वर्षभन्दा २९ दशमलव १८ प्रतिशत बढी रू. ५ अर्ब १८ करोड ९३ हजारभन्द्यँ बढी कायम भएको छ ।
बैंकले अघिल्लो वर्षभन्दा १९ दशमलव ७४ प्रतिशत बढी रू. १ खर्ब २८ अर्ब ४२ करोड ५८ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३० दशमलव ९७ प्रतिशत बढी रू. १ खर्ब १८ अर्ब ९८ करोड ८३ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा अघिल्लो वर्ष शून्य दशमलव ४५ प्रतिशत रहेकोमा गत वर्ष शून्य दशमलव १६ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी रू. २३ दशमलव ५१ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १५३ दशमलव ६० रहेको छ ।
प्रतिक्रिया दिनुहोस