
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले विद्यमान चुक्तापूँजी रू. ४३ करोड ५० लाख ७१ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय साउन ३० गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७६÷७७ र ०७७÷७८ मा मर्जर तथा प्राप्ती कार्य सम्पन्न गरेकाले बोनस शेयर वितरणमा कर नलाग्ने भएकाले नगद लाभांश भने प्रस्ताव गरेको छैन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस