
काठमाडौं । नेपाल फाइनान्सले २८औं वार्षिक साधारण सभा भदौ २६ गतेका लागि आव्हान गरेको छ । कम्पनीले सभा बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट गर्ने तयारी गरेको हो । कम्पनीले असोज १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १ः१.७५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेकोमा ललितपुर फाइनान्सलाई प्राप्ती पश्चात कायम चुक्ता पूँजीको १ः०.७० अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
ललितपुर फाइनान्स कम्पनी प्राप्ती पछि कम्पनीको चुक्ता पूँजी रू. ४९ करोड ३४ लाख ९६ हजार ४०० कायम भएको छ । ७० प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ ।
साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । सभाको मिति तय गरेपनि सभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस