aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

गरिमा विकास बैंकले डाक्यो साधारण सभा, सहारा विकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
गरिमा विकास बैंकले डाक्यो साधारण सभा, सहारा विकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भदौ १५ गते विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीले सहरा विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने प्रस्ताव पारितका लागि विशेष सभा आव्हान गरेको हो । सभा कम्पनीको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान १० बजेका लागि तय गरिएको छ । 

सभाले सहारा विकास बैंकलाई प्राप्ती गरी गरिमा विकास बैंकको नामबाट संयुक्त कारोबार गर्ने गरी स्वीकृति प्रदान गर्नेछ । साथै संयुक्त प्राप्ती समितिको सिफारिसमा सञ्चालनक समितिले निर्धारण गरेको १ बराबर १ को अनुपातमा शेयर आदानप्रदान अनुपातलाई पनि सभाले स्वीकृति प्रदान गर्नेछ । 

प्राप्ती पश्चात गरिमा विकास बैंकको चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार कायम हुने हँुदा सोही बमोजिमको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । विशेष साधारण सभा प्रयोजनका लागि भदौ ९ गतेदेखि गरिमा विकास बैंकले बुक क्लोज गर्ने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस