aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सेञ्चुरी कमर्सियल बैंकको वितरणयोग्य नाफा ५९ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
सेञ्चुरी कमर्सियल बैंकको वितरणयोग्य नाफा ५९ करोडभन्दा बढी

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा ६ दशमलव ७७ प्रतिशत कम खुद नाफा गरेको छ । सोमवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्ष रू. ८० करोड ४५ लाख २६ हजार खुद नाफा गरेकोमा गत वर्ष रू. ७५ करोड ३६ हजार मात्र यो नाफा भएको हो । 

बैंकको सञ्चालन नाफा अघिल्लो वर्षभन्दा १४ दशमलव ९० प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. १ अर्ब २१ करोड ५६ लाखभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष रू. १ अर्ब ३ करोड ४५ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. ५९ करोड ४६ लाखभन्दा बढी छ । अघिल्लो वर्ष यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ४० करोड ९२ हजार थियो । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको वितरणयोग्य नाफा भने ४८ दशमलव ६२ प्रतिशत बढी भएको हो । 

हाल बैंकको चुक्तापूँजी रू. ९ अर्ब ३ करोड ४४ लाख ३० हजार छ । जगेडा कोष रकम रिटेन्ड अर्निंग सहित अघिल्लो वर्षभन्दा ६ दशमलव १४ प्रतिशत कम रू. २ अर्ब १ करोड ८० लाखभन्दा बढी कायम भएको छ । अघिल्लो वर्ष शेयर प्रिमियम वापत रू. ३ करोड ४३ लाखभन्दा बढी रकम छुट्याएको बैंकले गत वर्ष यो शिर्षकमा रकम छुट्याएको छैन् । 

बैंकले गत वर्ष ४३ प्रतिशत बढी रू. ९३ अर्ब ४९ करोड ६६ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३४ दशमलव ३० प्रतिशत बढी रू. ७८ अर्ब ९ करोड ६७ लाख ९२ हजार कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २ दशमलव ११ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ९५ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी रू. ८ दशमलव ३० रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १२२ दशमलव ३४ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस