aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

ग्लोबल आइएमई बैंकले कमायो ४ अर्बभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
ग्लोबल आइएमई बैंकले कमायो ४ अर्बभन्दा बढी नाफा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ अर्बभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले ४ अर्ब १२ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८७ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो। 

यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९।४७ प्रतिशत बढेको छ भने नेट फि तथा कमिशन आम्दानी २४.२८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३८.०५ प्रतिशत बढेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ७५ पैसा बढेर १९ रुपैयाँ ८ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.१२ गुणा रहेको छ। 

प्रतिक्रिया दिनुहोस